खांदबारीमा व्यक्तिगत घटना दर्ता शिविरमा खटिने सेवा प्रदायकहरुलाइ अभिमुखीकरण तालीम



 

संखुवासभा । खांदबारी नगरपालीकाको आयोजनामा नगरपालीका भित्रका सबै वडाका लागी व्यक्तिगत घटना दर्ता शिविरमा खटिने सेवा प्रदायकहरुलाइ अभिमुखीकरण तालीम दिइएको छ ।

घटना दर्ता शिविरमा सहभागीहरुले ११,१२ पास कम्तीमा कम्प्युटर बेसीक सीकेको हुनु पर्ने जनाएको छ । खांदबारी नगरपालीका भित्रका ११ वटा वडाको ३ जनाको दरले जम्मा ३३ जना सहभागी भएकाछन । व्यक्तिगत घटना दर्ता सगैं हरेक नागरीकले पाउने अधीकार,सेवा सुबिधामा नछुटोस भन्ने उदेश्यका साथ यो अभियान संञ्चालन गरीएको हो ।

पञ्जीकरण बिभागका स्वरस्वती भट्टराईले प्रशिक्षण दीनुहुदै प्रत्येक नागरीकलाइ नछुटाउन आग्रह गर्नु भएको छ । बैशाख २ देखी सरु हुने अभियान १६ गते सम्म संञ्चालन हुनेछ ।

सम्बन्धित समाचार