संखुवासभाको व्यवसाय बैशाख २२ गते बुधबारबाट ३१ गते सम्म बन्द



दोश्रो चरणको कोरोना भइरस बढेपछि संखुवासभा उद्योग वाणिज्य संघले बैशाख २२ देखि ३१ गते सम्म संखुवासभाका पसल व्यवसाय बन्द गर्ने भएको छ । संघले मंगलबार जारी गरेको विज्ञप्तीमा औषधि पसल पुरै संचालन गरिनेछ । खाद्यान्नको पसलहरु बिहान ६ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्ने र साप्ताहिक हाटबजार आउने सागसव्जीलाई बजार घुमाएर बिक्रि गनुपर्ने संघले जनाएको छ ।

सम्बन्धित समाचार