चिचिला गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको गाडीलाई बनाईयो एम्बुलेन्स



चिचिला । चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले प्रयोग गर्दै आउनुभएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने ब्यवस्था गरिएको छ । कोरोना भाईरसको संक्रमण बडिरहेको अवस्थामा प्रसुती लगायतका अन्य सेवाग्राहिहरुलाई एम्बुलेन्स अभाव हुन सक्ने भन्दै उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने ब्यवस्था गाउँपालिकाले गरेको हो ।

चिचिला गाउँपालिकाको स्वमित्वमा रहेको एक वटा एम्बुलेन्सले कोरोना संक्रमित तथा संकास्पद संक्रमितहरु समेत बोक्ने गरेको छ । एउटै सवारी साधनबाट अन्य सेवा लिनेहरुलाई सेवा दिँदा असुरक्षित हुने भएकोले अध्यक्षले प्रयोग गर्ने गाडी नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिकाले गर्भवती आमाहरुको प्रसुतिका लागि निशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।

सम्बन्धित समाचार