संखुवासभामा बैशाख २६ देखि जेष्ठ २ गतेसम्म निषेधाज्ञा



संखुवासभा । संखुवासभामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारबाट पहिलो चरणको निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र९डिसिसिएमसी० संखुवासभाको शुक्रबार बसेको बैठकले बैशाख २६ देखि जेष्ठ २ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा गर्ने सिफारिस गरेको हो ।

जिल्लामा संक्रमण दर बढिरहेकाले संक्रमण फैलन नदिन जिल्ला भर निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी गराए । संक्रमण रोग ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० अनुसार जिल्ल भर लागु हुने निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको छ । निषेधाज्ञा प्रभावकारी बनाउन सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ ।

जिल्लामा हाल सम्म ९० जना संक्रमित भएका छन् । जस मध्ये १४ जना निको भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार