चिचिला २ मा मट्टिल बुनाई तालिम सुरु



चिचिला । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चिचिला गाउँपालिका २ धराने गाउँमा मट्टिल बुनाई तालिम सुरु गरिएको छ । शेर्पा जातिको महिला जातिय पोसाक बुन्ने तालिमको आईतबार उद्घाटन गरिएको छ ।

वडा नम्बर २ का अध्यक्ष मिरबहादुर राईको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष यदुकमारी राई, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई लगायतका उपस्थिती रहेको थियो ।

मट्टिल बुनाई तालिममा ११ जना शेर्पा महिलाहरुको सहभागीता रहेको छ । वडा नम्बर २ को धराने, लप्से, आहाले लगायतका टोलका स्थानीयको मागको आधारमा मट्टिल बुनाईको तालिम दिन लागिएको कार्यक्रमका फोकल पर्सन शान्ता लुम्बाले जानकारी दिनुभयो । एक महिना सञ्चालन हुने तालिमका लागि भोटखोलाबाट दुई जना प्रशिक्षक ल्याईएको उहाँले जानकारी दिनुभयो ।

तयार गरिएको मट्टिल प्रतिगोटा हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मा विक्रि हुने प्रशिक्षक फुपु भोटेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार