सङ्खुवासभा: शल्यकृया गरिएको ३ दिनको सुत्केरीमा पनि कोरोना संक्रमण



खाँदबारी । जिल्ला अस्पताल खाँदबारीमा शल्यकृया गरेर बच्चा निकालिएको सुत्केरीमा कोरोना संक्रमण भेटिएको छ । बैशाख २९ गते शल्यकृया गरिएको सभापोखरी गाउँपालिका ३ का २८ बर्षिय रुपा तामाङ संक्रमित भएको पाईएको हो ।

सफल सल्यकृया पश्चात अस्पतालमै राखिएको तामाङलाई ज्वरो आएपछि शुक्रबार एन्टिजिन प्रविधिबाट कोरोना परिक्षण गरिएको अस्पताल प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभभयो । उहाँका अनुसार आमालाई सामान्य ज्वरो छ भने बच्चा सकुशल छन् ।

संक्रमित आमा र बच्चालाई खाँदबारी अस्पतालमा नै विशेष सुविधा सहितको आईसोलेसन वार्ड निर्माण गरेर राखिएको छ । आईसोलेसनलाई आवश्यक सम्पुर्ण उपकरणहरु समेत जडान गरेर राखिएको संक्रमितको उपचारका लागि विशेषज्ञ चिकित्सक भिमबहादुर लामाको नेतृत्वमा उपचार टोली बनाईएको छ ।

सम्बन्धित समाचार