बुम्लिङमा प्रहरीको ज्यादतीः बाटो हिड्नेले अनाहकमा भेट्छन् राम धुलाई



खाँदबारी । साल्पासिलिछो गाउँपालिका १ बुम्लिङमा प्रहरीको ज्यादती बढ्दो छ । कोरोना संक्रमण नियन्त्रणको नाममा यहाँका प्रहरीलाई नागरिकहरुलाई सास्ती दिईरहेका छन् ।

सडकमा हिड्ने मानिसहरुलाई विभिन्न बहाना बनाएर गाली गलौज तथा कुटपिट गर्दै आएका छन् । गएका सनिबार बुम्लिङमा खटिएका नेपाल प्रहरीका असई कुमार राई सहितको टोलीले सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाका ३ जना मजदुरहरुलाई कुटपिट गरेका छन् । सल्लेरी दोभानमा मजदुरीको काम गरेर फर्किदै गरेका आईतबिर कुलुङ, रामचन्द्र कुलुङ र देबेन्द्र कुलुङलाई असई राई नेतृत्वको टोलीले कुटपिट गरेका हुन् । राईको टोलीले मांतेवा प्रवेश गर्ने संखुवाखोलाको दोभान पुलमा कुटपिट गरेका पिडित देबेन्द्र राईले जानकारी दिनुभयो ।

दोभानमा (मांतेवा पट्टिको भुभाग) मा खाजा खादै गर्दा मास्क किन नलगाएको भन्दै हप्काएको र मास्क नखोली खान नसकिने आफुहरुले भनेपछि प्रहरीको टोली बाटो लागेको पिडित कुलुङले बताउनुभयो । खाजा खाईसकेर पुल तर्ने वित्तिकै उक्त प्रहरी टोलीले तीनै जनालाई अन्धाधुन्ध कुटपिट गर्न थालेको कुलुङले बताउनुभयो । उक्त प्रहरी टोलीले केहि दिन अघि बाटो हिड्दै गरेका आमा छोरीलाई पनि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

यसै विच तीन जना मजदुरको कुटपिटको विरोध गर्दै नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ संखुवासभाले विज्ञप्ती निकालेको छ । विज्ञप्ती मार्फत सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाहि गर्न माग गरिएको छ । यस्तो अपराधिक घटनामा वडाअध्यक्ष गणेश बुढाथोकीको समेत संलग्नता रहेको दावी गरेका छन् । उक्त घटनाको केहि बेरसम्म नै प्रहरी टोलीसँगै वडाअध्यक्ष बुढाथोकी रहेकोले वडाअध्यक्षको समेत संलग्नता हुन सक्ने आरोप लगाईएको छ ।

सम्बन्धित समाचार