सिलिचोङ १ सिसुवाखोलाको सवै टोलमा पुग्यो विद्युत सेवा



विद्युत विस्तारको स्थलगत अनुगमन गर्न पुगेका जनप्रतिनिधी र कर्मचारीको टोली ।

ताम्कु । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाका प्रत्येक टोलमा विद्युत सेवा पुर्याईएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले बजेट विनियोजन गरि विद्युत विस्तार गरिएको हो ।

विद्युत विस्तार गर्न बाँकी रहेको सिसुवाखोलाका याङसिमा, गोगोन, रेम, चाकेला र सेरबोलाको घरघरमा विद्युत जडान गरिएसँगै सवै टोलमा विद्युत विस्तार सम्पन्न भएको हो । उक्त टोलहरुमा विद्युत विस्तारका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यस क्षेत्रमा सिसुवाखोलाबाट उत्पादन गरिएको चटेक्मा लघु जलविद्युत आयोजनाबाट विद्युत विस्तार गरिएको हो । विद्युत विस्तार योजनाको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङ, वडा अध्यक्ष अलक्षकुमार कुलुङ प्रमुख प्रशाशासकीय अधिकृत रामराज पौडेल लगायतले स्थलगत अनुगमन गरेका छन् ।

सिलिचोङ गाउँपालिकामा वडा नम्बर ४ र ५ बाहेकका वडाहरुमा स्थानीय खोलाहरुबाट लघु जलविद्युत उत्पादन गरेर उपभोग गर्दै आएका छन् । उक्त विद्युत पुर्याउन नसकिएका स्थानहरुमा गाउँपालिकाले सोलार बत्ति वितरण गरिएको छ ।

सम्बन्धित समाचार