सेकाहा क्लबद्वारा सरसफाईका सामग्री वितरण



खाँदबारी । सेकाहा सामुदायिक विकास क्लबले कोभिड १९ नियन्त्रणका लागि सरसफाईका सामग्री वितरण गरेको छ । २५६५ औं क्लबले बुध्द जयन्तीको अवसरमा खाँदबारी नगरपालिका वडा नं. ४ मा रहेको १६ वटा टोल विकास संस्थाका ७० वर्ष नाघेका १३७ जना जेष्ठ नागरिक तथा अपांगहरुलाई वितरण गरेको हो ।

कोभिड १९ को संक्रमण बढिरहेको बेला रोगबाट बच्ने उपायमध्ये सरसफाई नै मुख्य उपाय भएकोले साबुन, मास्क, टुथपेष्ट, ब्रस लगायत वितरण गरेको क्लबका अध्यक्ष मनिराज गुरुङ(चन्द्रशेखर)ले बताउनुभयो ।सरसफाई सामग्रीका साथै रोगविरुध्दको सचेतनाका लागि पर्चा समेत वितरण गरेको छ ।

रोग फैलिन नदिन समुदायको महत्वपूर्ण भूमिका हुने भएकोले क्लबले गरेका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने सेकाहा नगर स्वास्थ्य इन्चार्ज सृष्टी राईले बताउनु भयो ।

सम्बन्धित समाचार