संखुवासभाको पाँचखपनमा कोरोनाबाट एक जनाको मृत्यु



खाँदबारी । कोरोना भाईरस संक्रमण भएका पाँचखपनका एक विरामीको ज्यान गएको छ । पाँचखपन नगरपालिका १ नं. वडाका ५९ बर्ष पदम बहादुर गदालको विहिबार विहान ज्यान गएको हो ।

विहान ८ बजे होम आईशोलेशनमा रहेका उनको असहज भएपछि चैनपुर आइसोलेशनमा एम्बुलेन्स मार्फत उपचार गर्न लैजाने क्रममा बाटैमा ज्यान गएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले जानकारी दिए ।

गत १० गते प्राप्त पिसिआर रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै होम आइसोलेशनमा रहेको थियो । ६ गते ३४ जनाको स्वाव संकलन गरेर धनकुटा पठाउँदा २५ जनामा कोरोना संक्रमण देखिएको थियो । सो संगै पाँचखपन वडा नं. १ मा मात्रै ३५ जना कोरोनाको सकृय संक्रमित रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । संक्रमितहरु मध्ये २ जना चैनपुर आईशोलेशनमा र १ जना नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

चैनपुरमा सञ्चालित आइशोलेशन ४ वटा स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको छ । आईसोलेशन पाँचखपन, चैनपुर, धर्मदेवी र मादी नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

सम्बन्धित समाचार