युनाईटेड वर्ल्ड स्कुलद्वारा पत्रकार महासंघ संखुवासभालाई स्वास्थ्य सामग्री सहयोग



खाँदबारी । युनाइटेड वल्र्ड स्कुल्स नेपालद्धारा नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपालले सोमबार महासंघको कार्यालयमा एक कार्यक्रमकाबिच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

नेपालले एन नाएन्टी फाइभ मास्क ९० थान, सर्जिकल मास्र्क ५ सय थान, फेस शिल्ड ५० थान, सेनिटाइजर एक सय मिलिलिटरका दरले ४० थान र एक थान थर्मल गन महासंघलाई हस्तान्तरण गरेको हो ।

महासंघका अध्यक्ष इन्द्र गिरीले उक्त सामाग्री ग्रहण गर्दै यो विषम परिस्थितिमा पत्रकारहरुको मनोबल बढाउन र स्वास्थ्य सुरक्षा सावधानीका लागि नेपालले गरेको सहयोगको प्रसंसा गर्दै धन्यवाद दिएका छन् । यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिबाट उपलब्ध भएका र नेपालद्धारा प्राप्त भएका सामाग्री आजै जिल्लाका विभिन्न सञ्चार केन्द्र र पत्रकारहरुलाई वितरण गरिएको अध्यक्ष गिरिले बताए ।

सम्बन्धित समाचार