तुम्लिङटार आईसोलेसनमा एक कोरोना संक्रमितको मृत्यु



खाँदबारी । कोरोना संक्रमित भई तुम्लिङटार आईसोलेसनमा रहेको एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका ४५ बर्षिय पुरुषको मृत्यु भएको खाँदबारी अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित भई होम आईसोलेसनमा बस्दै आएका उक्त पुरुषको स्वास्थ्यमा जटिलता आएपछि बुधबार (आज) तुम्लिङटार आईसोलेसनमा भर्ना गरिएको थियो । संक्रमितको आज साँझ मृत्यु भएको हो ।

योसँग संखुवासभामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

सम्बन्धित समाचार