तुम्लिङटार बिमान स्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गर्यो



खाँदबारी । संखुवासभाको तुम्लिङटार विमान स्थलमा वुद्ध एयरको एटीआर–७२ जहाजले परिक्षण उडान गरेको छ । तुम्लिङटार विमान स्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परिक्षण उडान गरेको बुद्ध एयर तुम्लिङटार कार्यालयका सिनियर अफिर राजीव पोख्रेलले बताए ।

बुद्धको एटीआर–७२ जहाजले काठमाडौं–तुम्लिङटार परीक्षण उडान गरेको हो । परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी डेपुटी डाइरेक्टर जनरल भोलाप्रसाद गुरागाई, फ्लाइट इन्सपेक्टर क्याप्टेन दधिराम निरौला सहितको टोली आज जहाजमा आएका थिए । पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेशन लगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल सहितको टिमले एयरपोर्टको अनुगमन समेत अफिर पोख्रेलले अरुण सन्देशलाई जानकारी दिए । पोख्रेलले भने–‘आजको परिक्षण उडाउन सफल भयो, २ हप्ता भित्र यसको रिर्पोट आउने छ ।’ रिर्पोटमा तुम्लिङटार एरपोर्टमा ७२ सिटको उडान योग्य भनि सिफारिस गरे उडान खुल्ला गर्नसाथ एटीआर–७२ ले उडान सुरु गर्ने उनले बताए ।

लकडाउनको केहि दिन अगाडिबाट बुद्धले ४७ सिटको जहाजले काठमाण्डौ–तुम्लिङटार, तुम्लिङटार–विराठनगर उडान सुरु गरेको थियो । यस अघि १८ सिटको सहजाले उडान गर्दै आएको थियो । १८ सिट क्षमताको जहाजले काठमाण्डौ–तुम्लिङटारको ५ हजार ९ सय र ४७ सिटेले ४ हजार ५ सय भाडा लिदै आएको थियो । त्यसैगरी ४७ सिट क्षमताको जहाजले तुम्लिङटार–विराठनगरको ३ हजार ३ सय र ४७ सिटेले २ हजार ६ सय भाडा लिदै आएको छ । एटीआर–७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले जनाएको छ ।

बुद्धले हप्ताको सातै दिन काठमाण्डौ–तुम्लिङटार र हप्ताको तिन दिन ९आइतबार, बुधबार र शुक्रबार० तुम्लिङटार–विराठनगर उडान गर्दै आएको थियो । तुम्लिङटारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेको छ । यती एयरले ३२ सिट क्षमताको जहाजले उडान गदै आएको थियो ।

सम्बन्धित समाचार