सिलिचोङमा पनि भित्रियो कोरोना, वडा नम्बर ५ याफुका ५ जनामा देखियो संक्रमण



खाँदबारी । सिलिचोङ गाउँपालिकामा पनि कोरोना संक्रमण भित्रिएको छ । वडा नम्बर ५ याफुमा ३ महिला र २ पुरुष गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

याफुमा १९ जनाको एन्टिजेन परिक्षण गरिएको मा ५ जनाको रिपोर्ट पोजेटिभ आएको सिलिचोङ स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले जानकारी दिनुभयो । उनीहरुको लक्षणको आधारमा कोरोना परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

संक्रमितहरुलाई होम आईसोलेसनमा राखिएको छ । संक्रमित पाँचै जनाको अवस्था अहिले सामान्य रहेको वडा अध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । उनीहरु सुरक्षित अवस्थामा रहेको समेत अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

हालसम्म सिलिचोङमा २४ जनाको कोरोना परिक्षण भईसकेको छ । कोरोनाको लक्षणसँग मिल्दो लक्षण सहित विरामी भए जनप्रतिनिधी वा स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न पालिकाले अपिल गरेको छ ।

सम्बन्धित समाचार