गोर्खा वेलफेयर ट्रष्टद्वारा जिल्ला अस्पताल खाँदबारीलाई स्वास्थ्य सामग्री सहयोग



खाँदबारी । जिल्ला अस्पताल खाँदबारीलाई गोर्खा वेलफेयर ट्रष्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज अस्पताल परिषरमा एक कार्याक्रम को आयोजना गरि १५ लाख ४२ हजार ८ सय असी रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक सामाग्री अस्पताललाई उपलब्ध गराएको एरिया व्येलफेर सेन्टर खाँदबारीका अफिसर पूर्ण लिम्बुले जानकारी दिनुभयो । व्येलफेरले जिल्ला अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर, तीन सय थान पिपिइ सेट लगायतका स्वास्थ्य सामाग्री हस्तन्तरण गरेको हो । गोर्खा वेलफेर ट्रष्ट नेपालले ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट १८ प्रकारका सामाग्री सहयोग गरेको हो ।

कोभिडको दोस्रो भेरियन्ट नियन्त्रणका लागि व्येलफेर ट्रष्टले गरेको सहयोग महत्वपुर्ण रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताउनुभयो । कोभिड संग लड्न र अन्य विरामी उपचारमा आवश्यक सामाग्री सहयोग गरेकोमा व्यवस्थापन समिति अध्यक्ष शाक्यले ट्रष्टलाई धन्यवाद दिनुभयो ।

सम्बन्धित समाचार