खाँदबारी ३ का किसानले अनुदानमा पाए हाते ट्याक्टर



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका वडा न –३ ले ९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा ९ वटा हाते ट्याक्टर वितरण गरेको छ । प्रतिट्याक्टर ५४ हजार ४ सयमध्ये किसानले २७ हजार ४ सयमा ट्याक्टर प्राप्त गरेका हुन् ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको हो । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको खाँदबारी नगरपालिका वडा न –३ का वडाध्यक्ष भरतकुमार घिमिरेले बताए । उहाका अनुसार खाँदबारी नगरपालिका वडा न –३ को वडा बजेट मार्फत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।

हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकोले किसानलाई हाते ट्याक्टर दिइएको जनाइएको छ । खनजोतमा सहजता होस्, खनजोतकै अभावले बाझा रहेका जग्गाहरु प्रयोगमा आउन् भन्ने उद्देश्यले हाते ट्याक्टर दिइएको अध्यक्ष घिमिरेको भनाइ छ ।

इन्धन मार्फत संचालन हुने आधुनिक मिनिटिलर खेतमा खनजोत गर्छ।.सबै जग्गा सदुपयोग भए उत्पादन बृद्धि हुने अनुमान गरिएको छ। र घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने किसानहरुको भनाइ छ।

सम्बन्धित समाचार