दुई बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ



मोरङ । मोरङमा दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया घर भई रतुवामाई नगरपालिका–६ कादुपाडा बस्ने २० वर्षीय मोहमद अझरुदिन छन् ।

मोहमदले चार र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सिजुवाले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार