तुम्लिङटार आईसोलेसनमा मनाईयो सातौ अन्तराष्ट्रिय योग दिवस



खाँदबारी । सातौं अन्तराष्ट्रि«य योग दिवस संखुवासभाको तुम्लिङटार आइसोलेसनमा मनाइएको छ । पतञ्जली योग जिल्ला समिति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाको आयोजनतामा खाँदबारी नगरपालिका–९ मा रहेको आइसोलेसनमा योग दिवस मनाइएको हो ।

योग अभ्यासले कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य अवस्थाको सुधार गर्न सहयोग पुर्याउने योग प्रशिक्षक क्षितिज बरालले बताए । बिरामीहरुको मनोबल उच्च राख्ने उदेश्यका साथ आइसोलेसनमा योग अभ्यास सुरु गरिएको उनि बताउँछन् । कोठामा दिन विताई रहेका कोरोना पोजेटिभ विरामीलाई योग अभ्यासले थप हौला प्रदान गरेको पतञ्जली योग समितिका अध्यक्ष तथा प्रशिक्षक बरालले बताए । दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका जिल्लाका प्रमुख व्यत्तित्वहरुले संक्रमितहरु सँगै योग अभ्यास गर्दा उनिहरुमा थप हौसला थपेको छ । २४ दिन यता जिल्ला अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा योग अभ्यास निरन्तर सञ्चालन गरिएको योग समितिले जानकारी गराएको छ ।

योग दिवस कार्यक्रममा जिल्ला समन्वय प्रमुख शुमन शाक्य, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज मल्ल उपस्थीति रहेको थियो । त्यसैगरी खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेस्वरी श्रेष्ठ, अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेण्ड डाक्टर सुन्दरश्याम झा, जिल्ला आयुर्वेद प्रमुख डाक्टर राम प्रभु चौधरी लगाएतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा जिल्ला आयुर्वेदले विभिन्न प्रकारका आयुर्वेद औषधी समेत विरण गरेको छ ।

सम्बन्धित समाचार