चैनपुरका आइसोलेसनलाई पूर्वराज्यमन्त्री गुरुङद्धारा सामग्री हस्तान्तरण



खाँदबारी । पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य तारामान गुरुङले चैनपुरमा रहेको आइसोलेसनमा सामाग्री हस्तान्तरण गरेको छन् । आइतबार एक कार्यक्रम बीच पुरानो ब्यापारिक केन्द्र चैनपुर नगरपालिकाको चैनपुर बजारमा रहेको आइसोलेसनमा पुगेर पूर्वराज्यमन्त्री गुरुङले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ का संक्रमितहरुलाई राखि उपचार समेत भइरहेको उक्त आइसोलेसनका लागि अतिआवश्यक स्टेपलाईजर १ थान, सर्जिकल मास्क १ हजार ३ सय थान र २५ सेट पिपिई सेट हस्तान्तरण गरेका हुन् । चैनपुर नगरपालिका—७ मा रहेको ३० वेडको जिपी गणेशमानसिंह प्रष्तिठानको भवनमा र ५० वेडमा मदनआश्रित प्रतिष्ठानको भवनमा संचालित आइसोलेसनमा हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरु आइसोलेसनमा अत्यावश्यक रहेको र सोही अनुरुप हस्तान्तरण गरिएको पूर्वराज्यन्त्री गुरुङले बताए । उनले चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख हिमाल ढकाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा।रुपेश कर्ण लगायतलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा चैनपुर नगरपालिका कर्मचारी र नेपाली काँग्रेसका जिल्ला सहसचिव राजेन्द्र घले लगायतका ब्यक्तिब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार