खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीमा सञ्चालन हुँदै आएको अनलाईन पत्रिका ईमकालु अनलाईन डटकमका कार्यकारी सम्पादकमा मेघराज तामाङ नियुक्त भएका छन् । तामाङले विहिबारबाट अनलाईन तथा समाचार सम्पादनको कार्यभार सम्हालेका हुन् ।
तामाङलाई एक संक्षिप्त कार्यक्रमको आयोजना गरि अनलाईन सञ्चालक तथा ब्यवस्थापन टिमले स्वागत गरेका छन् । कार्यक्रममा जिल्लाका अग्रज पत्रकार जीवनाथ खनाल, पत्रकारहरु अनिश विष्ट, विजय कार्की लगायतले कार्यकालको शुभकामना दिएका छन् ।
२०६८ सालदेखि निरन्तर सक्रिय रुपमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्ययममा पत्रकारीता गरिरहेका तामाङ पत्रकार महासंघ संखुवासभाका सचिव समेत हुन् । एक दशकको पत्रकारीताबाट सिकेका ज्ञानलाई ईमकालु अनलाईनमा प्रयोग गर्दै सत्य तथ्य समाचार सम्प्रेषणमा लाग्ने तामाङले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया