आइसियुमा अस्पतालको उपचार


८ श्रावण २०७८, शुक्रबार


उपचार गर्नु पर्ने ठाउँ हो, अस्पताल । तर अस्पताल नै उपचार गर्नुपर्ने चाहीँ अनौंठो हुन सक्छ । बिरामी जाँच गर्नु पर्नेले बिरामीले नै जाँच गर्नु पर्ने पनि हुन सक्छ । मुलुकका राजधानी देखि कुना कन्दरासम्म साना होस् या ठूला सेवा प्रदायक संस्थाले स्वास्थ्य सेवा दिएकै छ । गोठमा होस् या महलमै पनि । जे होस्, सेवा भावले सञ्चालनमा आएका निजी तथा सरकारी स्वास्थ्य संस्थाहरु आम मान्छेको सेवामा सेवारत छ ।

गत वर्षदेखि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले कहिल्यै अस्पतालसम्म नपुगेकाहरुलाई पनि पु¥याए । अहिले पनि त्यस्तै छ । कोरोना बाहेकका साना या ठूला रोगले मानिसहरु चेक जाँचमा अस्पताल पुगेकै छन्, उपचार नै गराएका छन् । तर कोरोनाको बाहानामा थलिएको अस्पताल आफैँ बिरामी पर्दा कस्ले उपचार गर्ने ?

केहि दिन अघिदेखि संखुवासभामा जिल्ला अस्पताल संखुवासभाको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रशारण भएपछि समाचारका विषयलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । अस्पतालको बानी र व्यबहार जानेकाहरु समाचार प्रति सकारात्मक कदमको खुलेरै प्रशंसा गरिरहेका छन् । तर समाचारबाट प्रभावितहरु सन्चो भएर पनि उपचारका लागि अस्पताल पुगेका छन् ।

अहिले अस्पताल आइसियुमा उपचाररत छ । आइसियु सञ्चालन गर्ने भनेर विभिन्न प्रक्रिया पुरा गरेको अस्पताल अहिले आफै आइसियुमा उपचार गराईरहेको छ । २०७८ असार ३१ गते बोलपत्रदाता कम्पनी द मेडिकल सोलुशन प्रा.लि.ले बोलपत्र स्वीकृत गर्ने आशयको पत्र पुनरावलोकन गरि पाउँ भनी अख्तियारमा उजुरी गरेपछी बिरामी परेको अस्पतालको स्वास्थ्यमा सुधार नभएपछी आइसियुमा उपचार सुरु गरिएको हो । प्रा.लि.ले दिएको उजुरी पछी जिल्ला अस्पतालको नियत सार्वजनिक भएपछी विभिन्न सञ्चार माध्यमहरुले उक्त उजुरीको आधारमा समाचार प्रकाशन तथा प्रशारण गरेको थियो ।

अस्पतालले २०७८ जेठ १६ गते अस्पताललाई आवश्यक भेन्टिलेटर र आइसियु वार्डका सामाग्री आपुर्तिका लागि बोलपत्र आह्वान गरेको थियो । सो सूचना बमोजिम मेनका इन्टरप्राइजेज प्रा.लि., ¥यापिड टेडर्स, प्रोफेसनल मार्केटिङ प्रा.लि. युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशन प्रा.लि. गरी पाँच बटा कम्पनीले बोलपत्र पेश गरेको थियो । उक्त बोलपत्रदाता कम्पनीहरुमध्ये ¥यापिड टेडर्सले सूचना बमोजिमको सामान आपूर्ति गर्न सबै भन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैया ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इन्टरप्राइजेज प्रा.लि.ले सबै भन्दा कम २ करोड ५३ लाख ७० हजार ७ सय ६० रुपैंयाको बोलपत्र पेश गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार सरकारी सम्पत्ति खरिदका लागि मूल्य घटाघटमा कबोल गरिन्छ र सबै भन्दा कम मूल्य कबोल गर्ने फर्मलाई खरिद गर्न स्वीकृत गरिन्छ । तर २०७८ असार २८ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचनामा सबै भन्दा बढी रकमको बोली लगाउने ¥यापिड ट्रेडर्सलाई सामान आपुर्ति गर्न स्वीकृतिका लागि सिफारिस ग¥यो । अस्पतालको यस्तो निर्णयपछी अन्य कम्पनीहरुको असन्तुष्टि बढ्यो ।

अस्पतालले आफु चोखिनलाई विहिबार विज्ञप्ती जारी ग¥यो । तर अस्पतालको नियत ढाकछोप गर्न जारी गरेको विज्ञप्तीमा नै सबैभन्दा बढी कबोल गर्ने ¥यापिड ट्रेडर्सलाई नै बोलपत्र स्वीकृत गरेको स्वीकार गर्दै अस्पताल प्रशासनको अशली रुप सार्वजनिक गरेको छ ।

अस्पतालको नियत सार्वजनिक भएपछी जिल्लाका सञ्चारकर्मीहरुले सत्यतथ्य केलाउन अस्पतालसँग लिखित रुपमा सूचना माग गर्दै आएको थियो । तर आपुर्ति प्रक्रिया नसकिएको भन्दै माग गरिएको सूचना दिन नमिल्ने भन्दै अस्पतालले शुक्रबार लिखित जवाफ दिएको छ । तर यो जवाफसंगै उक्त कागजातमा आशंका पनि उब्जिएको छ ।

यो विषयमा अख्तियार पनि सोझो हुन सकेको छैन । किनकी नियामक निकायको नेतृत्व जिल्लाबासी र घटनाका पात्रहरु समेत आफ्नो नेतृत्व प्रति दाग नलाग्नलाई अखितयारसंगै हात मिलाउन तयार भएको हुन सक्ने चोकका चिया पसलहरुमा गाँइगई चल्न थालेको छ । त्यसैले अब अस्पतालले आइसियुबाट पुनर्जीवन पाउनेकी नपाउने भन्ने अख्तियारको नेतृवमा भरपर्नु पर्नेछ ।

 

 

सम्बन्धित समाचार