शिसुवाखोलामा भिरबाट लड्दा युवकको मृत्यू



खाँदबारी । सिलिचोङ गाउँपालिका वडा नम्बर १ मा भिरबाट लडेर एक युवकको मृत्यू भएको छ । वडा नम्बर १ तिवा स्वास्थ्य चौकीको सामान ओसार्ने क्रममा २१ बर्षिय दिनेश राईको भिरबाट लडेर मृत्यू भएको हो ।

भिरको बाटो भएर सामग्री बोकेको राई दुई सय मिटर तलको खोलामा खसेको थियो । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्तकको शव खोलाबाट निकालेर तिवा स्वास्थ्य चौकीमा राखिएको स्थानीय मञ्जिल कुलुङले जानकारी दिनुभयो ।

चेप्चेवा गाउँमा रहेको स्वास्थ्य चौकीमा अघिल्लो बर्षको असार २७ गते राती पहिरोले क्षति पुर्याएपछि सुरक्षित ठाउँ तिवामा सारिएको थियो । चौकिको कार्यालयका सामग्रीहरु ओसार्ने क्रममा दुर्घटना भएको स्थानीय कुलुङले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार