आजदेखि प्रदेश नम्बर १ मा कोरोनाविरुद्धको तेस्रो चरणको खोप लगाउन सुरु



विराटनगर । प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सोमबारदेखि कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप अभियान सुरु भएको छ ।

खोप अभियानअन्तर्गत प्रदेश नम्बर १ मा १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल २ लाख ४० हजार डोज जोनसोन एण्ड जोनसेन खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

पहिलेको एक भायलले १० जनालाई लगाउन पर्ने अवस्था भए पनि हाल प्राप्त भएको जोन्सोन एन्ड जोन्सोन खोप एक डोज लगाए पुग्ने केन्द्रले जनाएको छ । पहिलो चरणमा भेरोसेल खोप लगाइसकेपछि दोस्रो चरणमा जोनसन खोप लगाइने र भेरोसेल खोप ५४ बर्ष माथि र जोनसन एण्ड जोनसन खोप ५० बर्ष माथिकालाई लगाइने बताइएको छ ।

खोप समन्वय समितिको बैठकले सम्बन्धित पालिकाहरुलाई खोप वितरण गरिएको बताएको छ । खोप लगाउन छुटेका ५५ बर्ष र सो भन्दा माथिका उमेर समुहका लाई खोप लगाउन सुरु गरिएको छ । सहकारी संस्थाका कर्मचारीहरु,कानुन व्यवसायी,बैंकिङ क्षेत्रका कर्मचारी,एरलाइन्स सम्बद्ध कर्मचारी सुरक्षाकर्मी, विद्यालयका शिक्षकहरु तथा सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई खोप लगाउन सुरु गरिएको छ भने विराटनगर महानगरपालिकामा सोमबार देखि बुधवार सम्म तीन दिन खोप लगाइने बताइएको छ । खोप केन्द्रमा खोपलगाउनेहरुको भिड रहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

सम्बन्धित समाचार