संखुवासभामा साउन २४ गतेसम्मलाई निशेधाज्ञा थप


१३ श्रावण २०७८, बुधबार


संखुवासभा । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले ११ दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

संखुवासभा जिल्लामा आज बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा नियन्त्रण नभएको र सक्रमितको संख्या घट्नुको साटो बढ्दै गएकाले निषेधाज्ञालाई थप कडाई गर्ने संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिनु भयो ।

उहाले जिल्लामा अहिले कोरोना सक्रमित समुदाय स्तरमा बढि रहेको र सक्रमणमा कमि नआएकोले श्रावण २४ गते आईतवार राति १२ बजे सम्मकालागी निषेधाज्ञा थप गरिएका छ । कोरोना रोकथाम, नियन्त्रणकालागी बजार क्षेत्रमा अनुगमनलाई तिव्रता दिने र माक्स अनिवार्य लगाउन प्रचार प्रसार र जनचेतना मुलक गतिविधि गर्ने थप प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।

उहाले जिल्लावासीलाई अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कन र सामाजिक दुरी कायम गरि पशल लगायत यातायातका साधन सञ्चालन गर्न खुल्ला गरिए पनि विध्यालय, हाटबजार, सभा सम्मेलन, जात्रा जस्ता सामुहिक गतिविधिमा भने रोक लगाईएको छ ।

सम्बन्धित समाचार