संखुवासभाका व्यापारी ब्यावसायीका लागि ४ हजार ५ सय खोप माग



खाँदबारी । सङ्खुवासभा उद्योग वाणिज्य सङ्ले व्यापारीका लागि ४ हजार ५ सय डोज खोप माग गरेको छ । सङ्घले बुधबार प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल मार्फत खोप उपलव्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सङ्घका अध्यक्ष युवराज शाक्यले प्रजिअ पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । व्यापारी पनि अग्रपंक्तिमा खटिने भएकाले जोखिम धेरै भएको हुदा खोप अनिवार्य भएको अध्यक्ष शाक्यले बताए । सङ्ले जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई पनि ज्ञापनपत्र बुझाएका छन् । व्यापारी पनि अग्रपंक्तिमा खटिने भएकाले जोखिम धेरै भएको हुदा खोप अनिवार्य भएको अध्यक्ष शाक्यले बताए ।

ज्ञापनपत्र बुझाउन उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, द्वितीय उपाध्यक्ष डेगराज बस्नेत, महासचिव सरोज बज्राचार्य लगायत अन्य पदाधिकारी जिल्ला प्रशासन पुगेका थिए ।

सम्बन्धित समाचार