खाँदबारी । सिलिचोङ गाउँपालिका वडा नम्बर ३ ताम्कुको याचाम्खा सामुदायिक स्वास्थ्य ईकाईलाई निशुल्क जग्गा प्राप्त भएको छ । स्थानीय तुलाराम कुलुङले स्वास्थ्य ईकाईको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् ।
कुलुङले भवन निर्माणका लागि ६ सय बर्गमिटर जग्गा उपलब्ध गराएका हुन् । स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा प्राप्त गर्न सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनु पर्छ । उक्त स्वीकृति पत्र गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङ मन्त्रालयमा पुगेर बुझिलिएका छन् । उक्त स्वीकृति पत्रको आधारमा गाउँपालिकाको नाममा जग्गा पास गरिन्छ ।
प्राप्त जग्गामा यसै बर्ष स्वास्थ्य भवन निर्माण गरिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । भवन निर्माणको लागि यस आर्थिक बर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको समेत अध्यक्ष कुलुङले जानकारी दिए । भवन निर्माणका लागि उक्त जग्गामा स्थानीयले श्रमदान गरेर सम्याएने काम गरिसकेको छन् । एक बर्ष अघि स्थापना गरिएको स्वास्थ्य ईकाई अहिले स्थानीय सामुदायिक भवनमा राखिएको छ ।
प्रतिक्रिया