चैनपुर पोखरीको पुरानो बौद्ध स्तुपाको जीर्णोद्धार गरिदै



संखुवासाभा । चैनपुरन नगरपालिका क्षेत्रभित्रको दोस्रो ठूलो बजार पोखरीको केन्द्र भागमा रहेको बौद्ध स्तुपाको पूजापाठसहित जिणोद्धार गरिएको छ ।

२ सय ४८ वर्ष पुरानो स्तुपाको मंगलवार बौद्ध धर्म अनुसार ९ जना लामाहरुबाट त्रिपिटक वाचन गरी पूजापाठ गरिएको थियो । मन्जुश्री सम्बत २६०९ मा स्थापित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको तामाङ ग्यावा माने (बौद्ध स्तुपा)को सरसफाई, मर्मत, गरी पुनःसुप्रतिष्ठा पूजा गरिएको ग्यावा माने संरक्षण समितिका सदस्य काजी तामाङले बताए ।

पटक पटक गएको भुकम्पले समेत यो मानेलाई धेरै ठूलो क्षती पुर्याएको पाइदैन । सिन्धुपाल्चो, भोजपुर हुँदै चैनपुरको कोक्सामा ग्यावाहरुको बसोवास गदै आएको लामोहरमा पाइएको र मानेमा राखिएको शिलालेखमा उल्लेख भए अनुसार मन्जुश्री सम्बतलाई विक्रम सम्बतमा कनभर्ट गर्दा १८२० सालमा बनेको धरै पुरानो मानेको जीर्णोद्धार गर्दै जाने समते पूजामा संलग्न लामा काजी तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार