तीन दिनसम्म भीषण वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह



जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मुलुकभर भीषण वर्षा हुनसक्ने जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण तीन दिनसम्म अर्थात आगामी सोमबारसम्म ठूलो वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

भीषण वर्षाका कारण तराईमा डुबान र पहाडमा पहिरोको समस्या आउनसक्ने भन्दै मौसमविद्ले उच्च सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् । हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। आज (शनिबार) बिहान सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशको अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, वाग्मती तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार