संखुवासभा हत्या : शव घरदेखि खोला किनारसम्म



खाँदबारी । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङ स्थित खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । गएराती स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । हत्या भएकाहरुको विभिन्न स्थानमा शव फेला परेको छ ।

मृतक तेज बहादुर वर्ष ५८ को घर नजिकै रोडको भित्तामा, उनकी आमा पार्वती वर्ष ८० को घरैमा, श्रीमती मनमाया वर्ष ५६ र बुहारी रञ्जना वर्ष २८ को खोला किनारमा, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को घर माथि खरबारीमा शव भेटिएको थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।

तेज बहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएका छन् ।

घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

 

 

सम्बन्धित समाचार