सङ्खुवासभा हत्या प्रकरण ः ‘प्लान मर्डर’ को आशङ्का, ७ वर्षीय बालिकाको भने घाटी बटारेर हत्या



सङ्खुवासभाको मादीमा सोमबार एकै परिवारका ६ सदस्यको ‘सामूहिक हत्या’ अनुसन्धानमा प्राविधिक ९टेक्निकल० कोणबाट ठोस उपलब्धि हात नपरेपछि प्रहरी अनुसन्धान मानवीय ९मेनुअल्ली० सुरु गरेको छ । घटना घटेको हप्ता दिन र घटनापछिको २४ घण्टाको कल डिटेल रेकर्ड ९सिडिआर० विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

घटनास्थलदेखि करिब १० किलोमिटर रेन्जमा रहेको दुई वटा बिटियस टावरबाट कनेक्ट भएका करिब सय भन्दा बढी सक्रिय मोबाइल नम्बरको विश्लेषण गर्दा शङ्कास्पद केही नदेखिएको प्रहरी स्रोत बताउँछ ।

त्यस क्षेत्रमा एनसेल र एनटिसीको सेवा विस्तर भए पनि मृतक तेजबहादुर कार्कीको घर आसपास दुवै नेटवर्कको रेन्ज कम छ । कार्कीको घरदेखि केही माथि डाँडामा उक्लिएपछि मात्र दुवैको नेटवर्क राम्रो टिप्ने गर्छ ।

सिडिआरको १६ वटै विधिको रिर्पोट अनुसार घटना घटेको हप्ता दिन भित्र केही नयाँ व्यक्तिहरू गाउँमा आए पनि प्रत्येकलाई सोधपुछ गर्दा हत्यासँग अहिलेसम्म कुनै कनेक्सन भेटिएको छैन । तर अनुसन्धान टोलीले प्राविधिक कोणबाटै केही ‘क्लु’ भेट्ने आशामा अनुसन्धान भने गरिरहेको छ ।

अनुसन्धान टोलीले मृतकहरूले चलाउने ३ वटा मोबाइल समेत घटनास्थल र घरबाट बरामद गरिसकेको छ ।

प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० बाट डिएसपी रुगम कुँवर नेतृत्वको टोली पनि यति बेला घटनास्थलमै खटिएको छ । हालसम्म अनुसन्धानमा खटिएको सिआइबी, सङ्घीय प्रहरी, रिट र जिल्ला प्रहरीको संयुक्त अनुसन्धान टोलीले दर्जनौँ व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ ।

घटनापछि गाउँबाट हराएका व्यक्तिबारे प्रहरीले सोधी खोजी गरिरहेको छ । तर हालसम्म ठोस कुरा हात नलागेको अवस्था छ ।

प्लान मर्डरको आशङ्का

५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो । नाति नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो ।

रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो । यो घटनामा प्रहरीलाई गम्भीर र आश्चर्यमा पारेको पक्ष भने सबैको शव घोप्टो परेको अवस्थामा थिए । ७ वर्षीय गोमा बाहेक सबैको टाउकोमा भारी बस्तुले प्रहार गरी हत्या गरेको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

तर ७ वर्षीय गोमा कार्कीको भने टाउको बटारेर हत्या गरिएको छ । सानी बालिकालाई भने फरक प्रकृतिले हत्या गर्नु प्रहरी अनुसन्धानको लागि थप चुनौती देखिएको छ ।

त्यस्तै मृतक चप्पल र गम बुटमा छन् । र हत्यामा प्रयोग भएको हतियार अहिलेसम्म फेला पर्न सकेको छैन । यो सामूहिक हत्यामा एक भन्दा बढीको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । एकै जनाले फरक फरक स्थानमा त्यो पनि घर बाहिर ९ओपन एरिया० मा पालैपालो हत्या गर्न सम्भव नहुन सक्छ । र अहिलेसम्मको सिडिआर विश्लेषणबाट पनि हत्याराले मोबाइल प्रयोग नगरेको देखाएको छ ।

यस आधारमा पनि यो घटना प्लान मर्डर हुन सक्ने देखिन्छ । योजनाबद्ध रूपमा हत्या गरेर हत्याराहरू गायब भएको अवस्था छ । प्लान मर्डर त्यो पनि प्रोफेसनल हत्यारा संलग्न भएको खण्डामा भने प्रहरीलाई अनुसन्धान गर्न र हत्यारासम्म पुग्न समय लाग्ने छ ।

डिआइजी आफै फिल्डमा

अहिले घटना अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, सङ्घीय प्रहरी इकाई कार्यालय धरान, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम ९रिट० को कामलाई थप सहयोग र हौसला दिन १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसी यति बेला घटनास्थलमा छन् ।

बुधवार राती डिआइजी घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिँदै आगामी अनुसन्धानमा अपनाउनु पर्ने रणनीति एवं प्रहरीले घटनालाई निष्कर्षमा पुर्‍याउन खेल्नुपर्ने भूमिकाका बारेमा ‘ब्रिफिङ’ गरिरहेका छन् । निरन्तरको वर्षा र भौगोलिक विकटताले यो घटनाको अनुसन्धानमा धेरै समस्या खडा गरिरहेका बेला डिआइजी बिसी अनुसन्धानकै नेतृत्व लिने हिसाबले आफैँ घटनास्थलतर्फ गएका हुन्।

बिसी आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ।

 

सम्बन्धित समाचार