संखुवासभामा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु


२५ भाद्र २०७८, शुक्रबार


संखुवासभा । संखुवासभामा मकालु गाउँपालिका ३ सम्माटारमा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । उत्तर दक्षिण कोशी राजमार्गमा को ज १ क ४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हँदा सहचालक खाँदबारी नगरपालिका ६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सङ्खुवाभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

भ्याकुलोडर सडकबाट अन्दाजी सय मिटर तल खसेको छ । निर्माणाधीन उत्तर दक्षिण कोशी राजमार्गको मकालु(३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्सनको भ्याकुलोडर दुर्घटना भएको हो । मृतक सहचालक विक यस अघि ट्रयाक्टर चालक थिए । विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदैछ ।

सम्बन्धित समाचार