अखिल क्रान्तिकारी संखुवासभाको बाह्रौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा योगेन्द्र



खाँदबारी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) संखुवासभाको बाह्रौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।

आइतवार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको सम्मेलनवाट अखिल ( क्रान्तिकारी )  संखुवासभाको अध्यक्षमा योगेन्द्र राई सर्वसम्मतीबाट चयन भएका छन।

‘शैक्षिक विकृति र विसंगतका विरुद्ध सुदृढ संगठन निर्माण अभियान समाजवादी शिक्षाको लागि संखुवासभाको बाह्रौं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएको भेलामा जिल्लामा रहेका प्रत्येक मावि, ं२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ।

जसको उपाध्यक्षमा रेनुका राई र गोविन्दन भण्डारी, सचिवमा निशा खत्री, सहसचिवमा अन्जिल कुलुङ, राजेश तामाङ , कोषाध्यक्षमा सपना गुरुङ लगायत ३१ सदस्यीय जिल्ला समिति चयन गरेको अखिल ( क्रान्तिकारी ) संखुवासभाका जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुक्रराज लिम्बुले जानकारी दिए।

जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुक्रराज लिम्बुको सभापतित्वमा सम्पन्न अखिल ( क्रान्तिकारी )  संखुवासभाको बाह्रौं सम्मेलनको कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदयस्य तथा प्रदेश नं १ का सहइन्चार्ज रत्नमणी बोगटी प्रमुख अथिति रहेका थिए भने बिशिष्ट अथितिहरु नेकपा माओवादी केन्द्र संखुवासभाको सह इन्चार्ज तथा प्रदेश कमिटी सदस्य इन्दिरा मिश्र, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टेकमान राई , नेकपा माओवादी केन्द्रका संखुवासभा संयोजक कृष्ण जिमी लगायतका नेताहरुको आथित्यतामा सम्पन्न भएको छ।

पछिल्लो चरणमा अखिल क्रान्तिकारीले देशव्यापी भेला सम्मेलन, संगठन निर्माणलाई व्यापकता र तिब्रता दिएको सो संगठनले जनाएको छ।

सम्बन्धित समाचार