मादि हत्या काण्डः अभियुक्तको भाइ संकाको घेरामा, बुहारी रञ्जनाको मोबाईल बरामद



सङ्खुवासभा । जिल्लाको मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा ६ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाईलाई संकाको घेरामा परेका छन् । अभियुक्तको भाई नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाईल बरामत गरिएपछि अनुसन्धानमा तानिएका छन् ।

अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उड्नेश) समेत रहेको खुल्न आएको संघिय प्रहरी ईकाई धरानका एस्पी भिम दाहालले जानकारी दिनुभयो । उनलाई प्रहरीले सोधपुछ तथा अनुसन्धान गरिरहेका एस्पी दाहालले बताउनुभयो ।

बरामद भएको मोबाईल सेटको माध्ययमबाट पनि घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धानको प्रहरी निरिक्षकको नेतृत्वमा टोली खटाईएको उहाँले बताउनुभयो ।

मादि नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते सोमबार विहान एकै परिवारको ६ जनाको हत्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २५ बर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

गोरखापत्र अनलाईनबाट

सम्बन्धित समाचार