विश्वासको मत पाउनेमा ढुक्क छौं : मन्त्री न्यौपाने



मन्त्री न्यौपानेलाई प्रेस चौतारी सङ्खुवासभाले सम्मान गर्दै । तस्बिरः ध्यान कुलुङ

खाँदबारी । प्रदेश १ का नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री तुलसी प्रसाद न्यौपानेले प्रदेश सरकारले निकट भविश्यमा सुविधा जनक विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । आईतबार गृह जिल्ला सङ्खुवासभामा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

मतका लागि अन्तर दलका प्रदेश सभा सदस्यहरुले समेत प्रतिवद्धता दिईसकेको बताउनुहुँदै विश्वासको मत प्राप्त हुनेमा आफु ढुक्क रहेको बताउनुभयो । सरकार स्थीर नभएपनि विश्वासको मत प्राप्त भएपछि तत्काल भङ्ग नहुने उहाँले बताउनुभयो । हालै मात्र मन्त्री मण्डल विस्तार भएकोले विश्वासको मत लिने तयारी भईरहेको समेत मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अहिलेको प्रदेश सरकारले अनियमितता र भ्रष्टाचारमा शुन्य सहनसिलताको निति लिएको बताउनुभयो । जो कोहि पनि भ्रष्टाचारमा संलग्न भएको पाईए तत्काल कारवाहिको प्रकृयामा लगिने उहाँको भनाई छ । नेता वा कर्मचारी भ्रष्टाचारमा संलग्न भएको पाईए आफुहरुलाई खबर गर्न मन्त्री न्यौपानेले पत्रकारहरुसँग अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री न्यौपानेले सुर्य चिन्हबाट चुनाव जितेर अर्को पार्टीमा जानेहरुले जनताको मतको दुरुपयोग गरेको बताउनुभयो । एमाले छोडेर अर्को पार्टी खोल्नेहरु क्षणिक लाभको पछि कुदेको समेत उहाँले आरोप लगाउनुभयो । यस्ता ब्यक्तिगत लाभको पछि लाग्नेहरु अर्को चुनावले पाठ सिकाउने समेत उहाँले बताउनुभयो ।

प्रदेश सभाका लागि नेकपा एमालेबाट सङ्खुवासभाका ३ सांसदहरु मध्ये २ सांसदहरुले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रोजेका छन् ।

 

सम्बन्धित समाचार