खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन मार्ने योजना बनेको थियो



खाँदबारी । गत भदौ २१ गते सोमबार विहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा एकै परिवारको ६ जनाको हत्या भयो । उक्त घटनाको अनुसन्धानको क्रममा ५ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेहरुमा मृत्तक तेजबहादुरको काकाको छोराहरु खड्गबहादुर र रण बहादुरको परिवार पक्राउ परेका छन् । अन्य पक्राउ पर्नेहरुमा खड्गबहादुरका छोरा लालबहादुर, रणबहादुरका दुई छोरा लालबहादुर र नरेश कार्की पक्राउ परेका हुन् । उक्त पाँच कार्कीले आफ्नै दाजुभाईको सामुहिक हत्या गरेको खुल्न आएको हो । उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले खड्गबहादुर र रणबहादुरका परिवारलाई हेपेर ब्यावहार गरेको भन्दै उनीहरुले तेजबहादुरको हत्या गर्ने योजना बनाएका थिए ।

तेजबहादुरको परिवारको हत्या गरिएको अघिल्लो बेलुका नै खड्गबहादुर र उनका छोरा लालबहादुर रणबहादुरको घरमा आएर हत्याको योजना बनाएको खुल्न आएको अनुसन्धानको नेतृत्व गर्दैै आउनुभएको संघिय प्रहरी ईकाई धरानका एस्पी भिम दाहालले जानकारी दिनुभयो । भदौ २१ गते विहान धान गोड्ने खेतला माग्न आउने खबर पाएपछि उनीहरुले तेजबहादुरलाई मार्ने योजना बनाएका थिए । तेजबहादुर विहानै रणबहादुरको छोराहरुलाई खेतला माग्न आएर फर्किने क्रममा रणबहादुरका दुई छोरा र खड्गबहादुरका छोरा लालबहादुर गरि ३ जनाले हत्या गरेको खुल्न आएको एस्पी दाहालले जानकारी दिनुभयो । घटनास्थलमा ३ छोराहरु मात्र देखिएपनि मुख्य योजनाकारका रुपमा खड्गबहादुर रहेको र रणबहादुरले पनि हत्यामा सहमती जनाएको खुल्न आएको प्रहरी जनाएको छ । रणबहादुर लड्बराएर बोल्ने र अन्यको तुलनामा बौद्धिकता कम भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा गत असारमा नै तेजबहादुरले रणबहादुरलाई सिध्याउने प्रस्ताव राखेका थिए । त्यसमा पछि मात्र रणबहादुर र उनका छोराहरुले सहमति जनाएको खुल्न आएको छ । तेजबहादुर मात्र उनीहरुको निशानामा रहेपनि अरु परिवारको सदस्यहरुले समेत देखेपछि उनीहरुलाई पनि मारेको खुल्न आएको बताईएको छ । घटना पछि एक जना मात्र दोसी देखाएर अरुलाई उन्मुक्ति दिने योजना अनुसार नै रणबहादुरका जेठा छोरा लोकबहादुरले अपराध स्वीकारेको थियो ।

कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशकै बयानको आधारमा उनका काकाको परिवारलाई पनि अनुसन्धानमा तानिएको थियो ।

गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथी अनुसन्धान सुरु गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटना स्थलमै खटिएका छन् ।

गोरखापत्र अनलाईनबाट

सम्बन्धित समाचार