तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाले ४४ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । उपचार केन्दले सिविर सञ्चालन गरेर े ४४ जनाको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेको तेजरत्न आँखा तथा कान उपचार केन्द संखुवासभाका अध्यक्ष क्षितिज बरालले जानकारी दिनुभयो ।
आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका लगायतका विरामीको शल्यक्रिया गरिएको बरालले बताउनुभयो । उपचार केन्दले असोज ५ र ६ गते निशुल्क शिविर सञ्चालन गरेर मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ । बरालका अनुसार खाँदबारी नगरपालिकाले आयोजना गरेको अपाङ्गता रोकथाम सिविर मार्फत छनौट भएका ४५ जना मध्ये २५ जनाको समेत शल्यक्रिया गरिएको हो । अपाङ्गता रोकथाम सिविर मार्फत ५ सय ५० जनाले आँखा जाँच गरयएका थिए ।
जसमभ्ये ४५ जना मोतियाविन्दुको विरामी छनौट भएका थिए । छनौट भएकामध्ये २५ जनाले मात्रै सिविर मार्फत मोतियाविन्दुको शल्यक्रिया गराएको अध्यक्ष बरालले बताउनुभयो । तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाले समय समयमा सिविर सञ्चालन गरेर आँखाको विरामीहरुको उपचार गर्दै आएको छ । केन्दले असोज ८ र ९ गते चैनपुरमा निशुल्क सिविर सञ्चालन गर्ने भएको अध्यक्ष क्षितिज बरालले जानकारी दिनुभयो ।
प्रतिक्रिया