तुम्लिङटार विमान स्थलमा अर्को जहाज थपियो, बुधबारदेखि उडान सुरु



खाँदबारी । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले बुधबार देखि काठमाडौं–तुम्लिङटार उडान सुरु गरेको छ । गुण एयरलाइन्सले बुधबारबाट विचक्राफ्ट जहाजमार्फत दैनिक तुम्लिङटार–काठमाडौ एउटा उडान भर्नेछ ।

कम्पनीले जेटस्ट्रीमको उडान स्वीकृति पाए लगतै दैनिक दुईवटा उडान गर्ने जनाएको छ । जेटस्ट्रीमको उडान शुक्रबारबाट नियमित हुने गुण एयरलाइन्स तुम्लिङटार शाखाका जेनेरल सेल्स एजेन्ट (जिएसए) प्रमुख मनिस श्रेष्ठले जानकारी दिए । उनको अनुसार, १८ सिटे जहाजमा तुम्लिङटार–काठमाडौ पाँच हजार पाँच सय तोकेको छ भने ३० सिटे जहाज शुरु भएपछि तीन हजार चार सय रुपैया भाडादर निर्धारण कम्पनीले गरेको श्रेष्ठको भनाइ छ ।

अहिले तुम्लिङ्गटार–काठमाडौ दैनिक बुद्ध एयरलाइन्सले दैनिक दुई उडान भर्दै आएको छ भने हप्तामा तीन दिन बिराटनगर–तुम्लिङ्गटार समेत उडान भर्दै आएको छ । लामो समय देखि नेपाल वायु सेवा निगमको सरकारी जहाज बन्द रहेको छ ।

सम्बन्धित समाचार