खाँदबारी विद्युत : न प्रसासन बोल्छ न जनप्रतिनिधी, तैँ चुप मै चुप



खाँदबारी । करिव डेढ बर्ष भयो विद्युत प्राधिकरण खाँदबारी वितरण शाखाबाट वितरण गरिएको विद्युतको आपुर्ती नियमित नभएको । दैनिक कत्ति पटक विद्युत आउने र बन्द हुने हो कुनै टुङगो हुँदैन । झण्डै ८-१० मिनेटको फरकमा आउने र जाने भईरहदा विद्युतिय उपकरणहरु जलेर नष्ट हुने समस्या भोग्दै आएका छन् उपभोक्ताहरु । विद्युतकै भरमा ब्यवसाय गर्नेहरुले पाएको सास्ती भनेर साध्य छैन । नियमित विद्युत आपुर्ती नहुदा ब्यावसाय नै धरापमा परेको उपभोक्ताहरु बताउछन् ।

विद्युत आपुर्तीमा यस्तो समस्या भोग्नु परेको झण्डै डेढ बर्षसम्म वितिसक्दा पनि समस्या जस्ताको त्यस्तै हुनुले जिल्लाका ‘मै हुँ’ भन्नेहरुलाई गिज्याई रहेको छ । खाँदबारी वितरण केन्द्रका प्रमुख तथा कर्मचारीहरु त गैह्र जिम्मेवार बनेका छन् नै अन्य सरोकारवालाहरु समेत मौन बस्दा समस्या ज्युँका त्यु बनेको हो । विद्युत आपुर्तीको समस्याको बारेमा दुनियालाई थाहा छ तर न प्रशासन बोल्छ, न जिल्ला समन्वय समिति नै । यहाँ सामान्य उपभोक्ताहरु बोलेको त कस्ले सुनिदेओस र ।

त्यसो त विद्युत आपुर्ती नभएपछि प्राधिकरणका कर्मचारीहरुलाई विभिन्न ओरोपहरु लगाउन थालिएको छ । विद्युत कटौती गरेर धनकुटाको निगाले सिमेन्टलाई बेच्ने गरेको, ईन्भर्टर ब्याट्रि उत्पादक कम्पनीहरुबाट कमिसन लिएर विद्युतको आपुर्ती नियमित नगरेको जस्ता आरोपहरु चोक चोकमा सुन्न पाईन्छ ।

खैर, जे भएपनि विद्युत प्राधिकरणका कर्मचारीहरुको गैह्र जिम्मेवारीपनले हद नाघेको छ । विद्युत आपुर्तीको समस्या बारे कुरा गर्दा तलबाट (दुहवी स्टेशन) बाट नै विद्युत नआएको र अरु थाहा नभएको बताउछन् । प्राय सधै जसो कर्मचारीको यो भनाईमा पनि उपभोक्ताहरु विश्वस्त छैनन् । विद्युत आपुर्तीको दोष अरुलाई नै दिएर उन्मुक्ति पाउन खोजेको आरोप छ ।

हालको कार्यालय प्रमुख भन्दा अघिल्लो प्रमुख ध्रुब अधिकारी हुँदा यस्तो समस्या भोग्नु परेको थिएन । कहिले काँहि मर्मत तथा भईपरि आउने समस्या बाहेक नियमित विद्युत आपूर्ती हुने गरेको थियो । तर यस्तो समस्या सुरु भएको झण्डै दुई बर्ष पुग्न लाग्दा समेत समाधान नहुनु दुखद कुरा हो ।

सम्बन्धित समाचार