सङ्खुवासभामा लागु औषधसहित तीन जना पक्राउ



खाँदबारी । सङ्खुवासभामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सदरमुकाम खाँदबारीबाट मानेभञ्जाङ्ग जाँदै गरेको अवस्थामा खाँदबारी नगरपालिका–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी नगरपालिका–४ का रवि गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो ।

श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र अर्का गुरुङको साथबाट ९ सय ४० मिलिग्राम अफिम प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीको जनाएको छ ।

सम्बन्धित समाचार