काठ्माण्डौ । सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाज सहित पाँच संस्थाहरुले तीन आश्रमहरुलाई राहत सामग्री वितरण गरेको छ । समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल गरि दुई बाल आश्राम र निसहाय सेवा सदन बृद्धाश्रमलाई राहत सामग्री वितरण गरेको हो ।
संस्थाहरुले २ सय ५० जनालाई थाल, खाद्यन्न लत्ताकपडा, र शैक्षिक सामग्री गरेको हो । राई मुलघर सेवा समाज, सेर्पा सेवा समाज, हेल्पिङ हेन्ड्स, पोख्रेली ग्रुप र युनिटी अफ फ्यामिली ग्रुपको साझदारीमा राहत सामग्री वितरण गरिएको हो । विगतका समयदेखि नै यी संस्थाहरु विच सहकार्य गरेर सामाजिक कार्यहरु गर्दै आएको समाजकी अध्यक्ष मेनुका राईले जानकारी दिए ।
राई मुलघर सेवा समाज सहित पाँचै वटा संस्थामा आवद्ध सल्लाहकार तथा पदाधिकारीहरु विभिन्न देशमा रहेको र उक्त सदस्यहरुबाट संकलित रकमबाट राहत वितरण गर्ने गरेको अध्यक्ष राईले बताए ।
प्रतिक्रिया