धरानमा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा



सुनसरी । सुनसरीको धरान उप(महानगरपालिका(१५ बस्ने ३४ बर्षीया छुङकु मगर ९राई० लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो ।

घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार