संखुवासभाको जनसंख्या वार्षिक बृद्धीदर ०.०२ प्रतिशत



संखुवासभा । नेपालको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार संखुवासभाको जनसंखयाको वार्षिक बृद्धीदर ०.०२ प्रतिशत देखिएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार वार्षिक जनसंख्या बृद्धीदर यस्तो देखिएको हो ।

२०६८ को जनगणना अनुसार १ लाख ५८ हजार ७ सय ४२ रहेको संखुवासभाको जनसंख्या हालै सम्पन्न जनगणनाको प्रारम्भिक विवरण अनुसार १ लाख ५९ हजार ४६ जना रहेको छ । पछिल्लो १० वर्षमा ३ सय ४ मात्रै जनसंख्या बढेको देखिन्छ ।

जसमध्ये ६० हजार ५ सय २४ पुरुष र ५९ हजार ८ सय ३५ महिलाको संख्या रहेको छ । यहाँ पुरुष भन्दा महिलाको जनसंख्या ६ सय ८९ कम रहेको पाइएको छ । ३६ हजार ६ सय ९३ घर संखया रहेको संखुवासभामा ३९ हजार ३ सय १८ परिवार संख्या रहेको छ ।

सम्बन्धित समाचार