चैनपुर नगरपालिकामा चरम अनियमिततामा, ४ दलद्धारा बेरुजु तिर्न दवाव



संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्रीसहित नगरपालिकाका नेतृत्वहरुले अनियमितता गरेको आरोप लागेको छ । मेयर भरत कुमार खत्रीकै नाममा ४ बर्षदेखि आएको बेरुजु अझै नतिरेको भन्दै विरोध सुरु भएको छ । नगरपालिकामा करडौंको अनियमितता भएको भन्दै राजनितिक दलहरु र नगरबासीले विरोध जनाएका छन् ।

चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परिक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन् । नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी र स्थानीय नागरिकहरुले चैनपुरमा बुधबार पत्रकार सम्मेल गर्दै विरोध जनाएका छन् । यथाशिघ्र बेरुजु रकम तिर्नको लागि दबावका लागि पत्रकार सम्मेलन गरिएको उनीहरुले जर्नाका छ । जनप्रतिनीधी भएकाहरुले नियम विपरित रकम लिने अनि मलेपको प्रतिवेदनलाई नै वेवास्ता गरि फिर्ता नगर्ने प्रवित्ति खराब रहेको स्थानीय, नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै ने एनेकपा माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राईले तथाशक्य चाँडो बेरुजु रकम फिर्ता गर्दै कानुनी कारवाही भोग्नु पर्ने बताएका छन् ।

नेकपा समाजवादीका नेता उमेश कुमार डाँगीले विगतबाट नै प्रतिवेदन आई सकेपछि पनि सुध्रिएला भनेर यत्तिकै छोड्दा ३ बर्षको हाराहारीमा नगरमा करडौंको भ्रष्टचार भईसकेको बताएका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले मत्ता हात्तिको शैलीमा मेयरको आफ्नै मनोमानी हिसावले यसरी अनियमितता गरेको देख्दा देख्दै चुप भएर बस्न नहुने बताएका छन् । स्थानीय नागरिकहरुको तर्फबाट बोल्दै प्रेम बहादुर लिम्बुले जनताले तिरेको करबाट सिमित व्यक्तिहरुले यसरी उपभोग गरिरहेको छ भन्ने उदाहरण रहेको बताए । चुनावी बाचालाई विर्सेर आर्थिक अपचलनमा नगर प्रमुख नै सकृया भएको स्थानीयको आरोप छ ।

मेयरले व्यक्तिगत प्रयोजनका लागि लाखौं रकम पेश्की लिएको, चीन भ्रमणमा नियम विपरितको रकम लिएको, अनुदान वितरण, खेलकुद कार्यक्रम सञ्चालन, नदि जन्य उत्खनन्बाट प्राप्त कर, ठेकेदार कम्पनीसंगको मिलेमतोमा रकम लिने गरेको आरोप लागेको छ । नगरपालिकाबाट मेयरका निजी स्वकीय सचिवका नाममा जम्मा गरेको रकम समेत बेरुजु आउनुमा झनै शंका थपेको छ ।

यस विषयमा नगर प्रमुख भरत कुमार खत्रीले तत्काल उत्तर दिन नसक्ने बताए । प्रतिवेदन अध्यायन गरेर आवश्यक भए पत्रकार सम्मेलन नै गरेर जानकारी गराउने उनले बताएका छन् ।

सम्बन्धित समाचार