मगमग चाउचाउ उद्योग आगलागी अझै नियन्त्रणमा आउन सकेन



झापा । झापाको मेचीनगर नगरपालिका १४ स्थित मगमग चाउचाउ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

उद्योगमा आज बिहान करिब साढे ४ बजे लागेको आगो यो समाचार तयार पार्दासम्म पनि नियन्त्रणमा नआएको आगलागी स्थलमै रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।

अहिले आगो निभाउन झापाका विभिन्न पालिका सहित छिमेकी जिल्लाका समेत गरी १५ वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको बताइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सर्वसाधारण लगायतले आगो निभाउन सहयोग गरिरहेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

चार वर्ष अघि एक अर्बको लगानीमा झापाली उद्यमीहरूले स्थापना गरेको सो उद्योग आगलागीबाट केही पनि बाँकी नरहेको उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले जानकारी दिए । बिद्युत सर्ट भएर आगलागी भएको सञ्चालकहरूको भनाइ रहेको छ ।

आगलागीबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन । पहिला आगो निभाइसकेपछि क्षतिको विवरण सङ्कलन गरिने बताइएको छ ।

 

सम्बन्धित समाचार