मकालुको आम्राङमा पुल भाँचियो, ३ वटा ट्रक खोलामा



खाँदबारी । मकालु गाउँपालिका १ वालुङ र ५ आम्राङ विचको अरुण नदिको पुल भाँचिएको छ । पुल भाँचिदा पुलमा तर्दै गरेको ३ वटा ट्रक खोलामा खसेको छ ।

मकालु गाउँपालिकामा निर्माण भईरहेको ईसुवा हाईड्रो पावरको निर्माण सामग्री बोकेको ३ वटा ट्रक तर्ने क्रममा पुल भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुलको भार बहन क्षमता भन्दा बढी एकै पटक माल बाहक सवारी साधन तार्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताए । उक्त घटनामा मानवीय क्षति नभएको प्रनाउ सुवेदीले बताए ।

३० टन मात्र भार बहन क्षमता भएको उक्त पुलमा एकै पटक तरेको ३ वटा ट्रकको भार ६९ टन पुगेको प्रनाउ सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार