प्रहरी हिरासतबाट बलात्कार आरोपी फरार



महोत्तरी । महोत्तरी प्रहरीको हिरासतमा रहेका एक जना बलात्कारका आरोपी फरार भएका छन् । शुक्रबार भंगहा नगरपालिका ७ मेघरौलबाट पक्राउ परेका औरही नगरपालिका ९ का २६ वर्षीय जितु मण्डल फरार भएका हुन् ।

लामो समयदेखि फरार रहँदै आएको मण्डल मामाघर आएको सुईको पाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको छ ।

वि.सं. २०७७ साल साउन १० गते रातिको समयमा स्थानीय एक बोल्न नसक्ने महिलालाई स्थानीय खुर्के मुखियाको सहयोगमा मण्डलले जबरजस्ती करणी गरेका थिए । सो घटनापछि पीडित महिलाका पक्षले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । सो जाहेरीपछि उनीहरु लामो समयदेखि फरार रहँदै आएको थियो । प्रहरीले तत्कालै घटनास्थलबाट यथेष्ट प्रमाणहरु समेत बरामद गरिएको थियो । करणी भएको ठाउँबाट मण्डल र मुखियाको ज्याकेट, मोबाइलसमेत बरामद गर्दा पनि प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउन सकेका थिएन । प्रहरीले मण्डललाई पक्राउ गरेको खबरपछि पिडित परिवारमा न्यायको आस जागेको थियो ।

यस सम्बन्धमा रामगोपालपुर नगरपालिकाका वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने विषय बुझ्न गाह्रो भएको छ । उनले भने, ‘प्रहरीले मण्डल हतकडीसहित भागेका छन् । तर हतकडी लगाइएको व्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् । प्रहरीले हतकडीसहित भागेको दाबी गरे तापनि हतकडी भने प्रहरी कार्यालयमै रहेको छ । उनले घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न माग रहेको छ ।

बोल्न नसक्ने महिला सौच गर्न गएको बेला उखुवारीमा लगेर जबरजस्ती करणी गरेको विभिन्न प्रमाण भएपनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछि धम्की दिँदै कुटपिटसमेत गरेको पीडित महिलाका श्रीमानले बताए ।
महोत्तरी प्रहरीले यस घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको महोत्तरीका एसपी दिनेश आचार्यले बताएका छन् । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी आचार्यले प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार