विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २,२ , खोटाङ, उदयपुर र सङ्खुवासभामा १,१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैचामा २,२, रङ्गेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १,१, झापाको दमक र शिवसताक्षीमा ४,४, बिर्तामोड र गौरादहमा ३,३, हाल्दिबारी र कनकाईमा १,१, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १,१, तेहृथुमको फेदाप र आठराईमा १,१, पाँचथरको फाल्गुनन्द र फिदिममा १,१ , खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र सङ्खुवासभाको मकालुमा १,१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२ महिला र ३० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया