मादी दुर्घटनामा मृत्यु भएकाको दाहसंस्कार गरियो



संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती स्थित दुर्घटनामा परि मृत्यु भएकाको हिजो साँझ दाहसंस्कार गरिएको छ । दुर्घटनामा परि घटना स्थलमा १४ जना र उपचारको क्रममा धरानमा एक जनाको मृत्यु भएको थियो ।

मृत्यु भएकाहरु मध्ये ९ जनालाई मादी नगरपालिका वडा नं. ६ स्थित रावेनी घाटमा दाहसंस्कार गरिएको छ । त्यस्तै एक जना चैनपुर नगरपालिका वडा नं. ३ दलते डाँडामा दाहसंस्कार गरिएको छ भने चालक विपिन निरौलालाई तेह्रथुम लगिएको छ । यस्तै समिक्षा योञ्जन, सुदिप घिसिङलाई ताप्लेजुङ लगिएको छ भने युका पोख्रेललाई धरानमा नै दाहसंस्कार गरिने बताइएको छ ।

बिहिबार बिहान मादीको ओखरबोटे बजारबाट झापाको दमकका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस सडक देखि करिब ३ सय मिटर तल खसेको थियो । घाइते ४ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार