सञ्चारकर्मी विरुद्ध गरिएका टिकाटिप्पणी प्रति ४ संगठनको ध्यानाकर्षण



संखुवासभामा सञ्चारकर्मी विरुद्ध गरिएका टिकाटिप्पणी प्रति ४ संगठनको ध्यानाकर्षण भएको छ । संयुक्र विज्ञप्ती जारी गर्दै जिल्लाका चार पत्रकार संगठनले ध्यानाकर्षण जनाएको हो । सोमबार नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण जनाएको छ ।

विज्ञप्तीमा भनीएको छ, पछिल्लो समय संखुवासभामा कार्यरत पत्रकारहरुलाई लक्षित गरी समाचार संकलन तथा सम्प्रेषणको विषयलाई लिएर विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलहरुमा मानमर्दन तथा गालीगलौज गर्ने गरेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतले पत्रकार आचारसंहितामा रही सत्य, तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्ने दायित्व निर्वाह गरिरहेको अवस्थामा पत्रकारहरुको पेशा र व्यक्तिगत प्रतिष्ठामा समेत आँच आउने गरी टिकाटिप्पणी गरिनु दुःखद् र निन्दनीय कार्य हो । पछिल्लो समय प्रहरी अनुसन्धानमा रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ को जग्गा प्रकरण लगायतका विविध बिषयमा सत्य, तथ्य र निष्पक्ष रुपमा समाचार संकलन तथा सम्प्रेषण गरिरहेको अवस्थामा सामाजिक सञ्जाल मार्फत पेशामा नै आँच आउने र धाकधम्की दिने कार्य निन्दनीय छ ।

प्रकाशन तथा प्रसारण भएका समाचारमा चित्त नबुझेको खण्डमा त्यस उपर कानुनी उपचार गर्ने निकाय हुँदाहुँदै पत्रकार माथिको यो प्रकारको प्रहार आगामी दिनमा नदोहोराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौं । नागरिकको सुचना प्राप्त गर्ने नंैशर्गिक हकका पक्षमा अहोरात्र खटिरहेका सञ्चारकर्मीमाथि हुने गरेको यस किसिमको आपत्तिजनक क्रियाकलाप कोहि कसैबाट भएमा कानुनी कारवाहीको प्रकृयामा जान हामी बाध्य हुनेछौं ।

 

 

सम्बन्धित समाचार