संखुवासभा : श्रीमती मार्न नक्कली प्रहरी बनेकाहरु पक्राउ



संखुवासभामा नक्कली प्रहरी बनेर श्रीमती मार्न आएका मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य ३ जना फरार रहेका छन् । घरायसी मनमुटावका कारण विवाद चुलिएपछी प्रहरीको पोशाक भाडामा ल्याई श्रीमतीलाई मार्न प्रयास गरेकाहरु पक्राउ परेका हुन् ।

प्रहरी नायव निरिक्षकको दज्र्यानी चिन्ह भएको १ जोर, प्रहरी हवल्दारको दज्र्यानी चिन्ह भएको १ जोर, प्र्रहरी जवानको २ जोर पोशाक र ४ जोर बुट गत फागुन २८ गते प्रहरीले खाँदबारी नगरपालिका वडा नं. ८ को जंगलमा फेला पारेको थियो ।

घटनाको विवरण अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका वडा नं. ८ की प्रमिला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका ४ जनाले घरबाट करिब १ सय मिटर पर जंगलमा लगेर प्रमिलाको श्रीमान रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए ।

त्यसपछी रमेशले आफ्नी श्रीमतीलार्इृ ज्यानै मार्ने प्रयासले रातभर शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमिलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा फागुन २९ गते प्रहरीले पाँचखपन नगरपालिका वडा नं. ४ घर भई खाँदबारी नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका वडा नं. ४ का प्रमिलाको श्रीमान वर्ष ३४ का रमेशलाई पक्राउ गरी शुक्रबार (आज) सार्वजनिक गरेकोे हो ।

ललितपुर स्थित फर्निचर व्यवसाय गरि बस्दै आएका रमेशले पारिवारिक मनमुटावको रिस फेर्न गत फागुन २१ गते योजना बनाएका थिए । योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमान्डौ बागबजारबाट नक्कली प्रहरीका पोशाक प्रतिजोर प्रतिदिन पाँचसयका दरले भाडामा ल्याएका थिए । २६ गते खाँदबारी आएका उनीहरुले २७ गते बेलुका योजना अनुसार घटना घटाएका थिए ।

 

सम्बन्धित समाचार